Rule 16B
खुला कारागार सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले आवश्यकता अनुसार नेपाल राज्यभित्र रहेको कुनै भवन वा स्थानलाई खुला कारागारको रुपमा तोक्न सक्नेछ ।
(२) तीन वर्ष भन्दा बढी कैद सजाय भई कम्तीमा एक तिहाई कैदको अवधि भुक्तान गरिसकेको कैदीले उपनियम (१) बमोजिम तोकिएको खुला कारागारमा बस्न चाहेमा अनुमतिको लागि अनुसूची–२ख. बमोजिमको ढा“चामा सम्बन्धित कारागार कार्यालय मार्फत कारागार व्यवस्थापन विभाग समक्ष निवेदन दिनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त हुन आएको निवेदन उपर जा“चबुझ गरी कारागार व्यवस्थापन विभागले उक्त निवेदन सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समिति समक्ष पठाउने छ र सो समितिले देहायका कुरामा विचार गरी कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिन हुने नहुने सम्बन्धमा कारण र आधार खुलाई कारागार व्यवस्थापन विभाग समक्ष सिफारिस गर्नेछ :-
(क) अपराध गर्दाको कारण र अवस्थाको सम्बन्धमा फैसलामा उल्लेख भएको व्यहोरा,
(ख) कैदमा रह“दा जेलरले प्रमाणित गरिदिएको निजको चालचलन
(ग) कैदीको उमेर,
(घ) कैदीले गर्न चाहेको स्वरोजगारको प्रकृति तथा रोजगारदाताले तोकेको रोजगार सम्बन्धी सेवाका शर्त तथा सुविधा ।
(४) उपनियम (३) बमोजिम सामुदायिक सेवा तथा खुला कारागार व्यवस्थापन केन्द्रीय समितिले कारागार व्यवस्थापन विभाग समक्ष कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिने सिफारिस गरेमा कारागार व्यवस्थापन विभागले कुनै रोजगारदाता कहा रोजगार गर्ने कैदीको हकमा रोजगारदातासंग समझदारीपत्र गरी र स्वरोजगार गर्ने
कैदीको हकमा त्यस्तो स्वरोजगारको विवरण खुलाई आवश्यक शर्त पालना गर्ने कबुलियतनामा गराई खुला कारागारमा बस्ने अनुमति दिन सक्नेछ ।
(५) उपनियम (३) वा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कैदीलाई खुला कारागारमा बस्ने अनुमति दिइने छैन –
(क) एकपटक कारागारबाट भागेको कैदी,
(ख) कैदमा रह“दा असल चालचलन नभएको भनी अभिलेखमा जनिएको कैदी,
(ग) मानसिक सन्तुलन ठीक नभएको भनी चिकित्सकले प्रमाणित गरी दिएको कैदी ।
(६) उपनियम (४) बमोजिम खुला कारागारमा बस्ने अनुमति प्राप्त कैदीले देहायका शर्तहरु पालना गर्नु पर्नेछ –
(क) खुला कारागारमा बस्ने अनुमति दिंदाका बखत उल्लिखित काम मात्र गर्नु
पर्ने,
(ख) खुला कारागार क्षेत्रबाट बाहिर जा“दा वा खुला कारागार भित्र आउदा कैदीको साथमा रहेका सामानहरु जा“च गराउनु पर्ने र निजको साथमा आएका मानिसको अभिलेख गराउनु पर्ने,
(ग) निर्धारित समयमा मात्र खुला कारागार क्षत्रबाट बाहिर जाने र खुला कारगार भित्र आउनु पर्ने,
(घ) कबुलियतनामामा तोकिएको स्थान र क्षेत्र बाहेकका अन्य स्थान र क्षेत्रमा बसोबास गर्न नहुने,
(ङ) खुला कारागारमा परिवार बाहेक अन्य व्यक्तिलाई स्थायी रुपमा बस्न नदिने,
(च) खुला कारागार अधिकृतले समय समयमा दिएको निर्देशन पालन गर्नु पर्ने ।
(७) कुनै कैदीले उपनियम (६) मा उल्लिखित शर्तहरु पालना गरेको नपाइएमा कारागार व्यवस्थापन विभागले त्यस्तो कैदीलाई खुला कारागारबाट फिर्ता गर्नेछ ।
(८) उपनियम (७) बमोजिम फिर्ता गरिएको कैदीले कैदको बा“की अवधि कारागारमा भुक्तान गर्नु पर्नेछ र निजलाई सोही कैद वापत पुन खुला कारागारमा पठाइने छैन ।